Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा रिक्त पदमा जेठ ६ गते निर्वाचन हुने

राष्ट्रियसभामा रिक्त पदमा जेठ ६ गते निर्वाचन हुने

  • शुक्रवार, बैशाख १० २०७८

  • 961
    SHARES

  • राष्ट्रियसभामा रिक्त पदमा जेठ ६ गते निर्वाचन हुने

    काठमाडौँ । राष्ट्रियसभामा रिक्त भएको पदमा जेठ ६ गते निर्वाचन हुने भएको छ । वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

    राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि छ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त पदको बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था छ ।

    कानूनी व्यवस्थाबमोजिम सरकारको निर्णय अनुसार निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ यही वैशाख १० देखि १४ गतेसम्म आयोगमा निवेदन दिन सूचना गरिएको छ ।

    उपनिर्वाचनका लागि आयोगले बिहीबारदेखि नै तयारी थालेको छ ।

     


    शुक्रवार, बैशाख १० २०७८०६:४४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij