काठमाडौँ – नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरू भएको छ।
काठमाडौँको नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच वार्ता चलिरहेको हो। वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्।
आजमात्र नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिनुभएको थियो।