Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको बैठक १ बजे बस्दै, यस्ता छन् बैठकका एजेण्डा

माओवादी केन्द्रको बैठक १ बजे बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • मंगलवार, बैशाख ७ २०७८

  • 839
    SHARES

  • माओवादी केन्द्रको बैठक १ बजे बस्दै, यस्ता छन् बैठकका एजेण्डा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने तय गरिएको छ ।

    हिजो बोलाएर पनि स्थगित भएको बैठक आज बस्ने तय भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा दिउँसो १ बजेपछि बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा सभामुखलाई जानकारी नै नदिइ राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको विषयमा बैठकमा मुख्य रुपमा छलफल हुने नेताहरुको भनाई छ ।

    त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने, नयाँ सरकार गठनका लागि नयाँ समिकरण बनाउने, पार्टीको आन्तरिक कार्यहरुलाई तिव्रताका साथ अगाडि बढाउने लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

    यसैबीच आजै नेकपा (एमाले)को नेपाल खनाल निकट निकट अनेरास्ववियुले काठमाडौँ उपत्यका स्तरिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
    वाल्मीकि क्याम्पस, प्रदर्शनी मार्गमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा पार्टीका शिर्ष नेताहरु सहभागी हुने जनाइएको छ ।


    मंगलवार, बैशाख ७ २०७८०८:३६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij