Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओली भारतको टाङमुनि छिरिसकेः देउवा

ओली भारतको टाङमुनि छिरिसकेः देउवा

  • सोमवार, बैशाख ६ २०७८

  • 985
    SHARES

  • ओली भारतको टाङमुनि छिरिसकेः देउवा

    काठमाडौँ –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरेको आरोप लगाउनुभएको छ।

    नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा देउवाले राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरेको आरोप लगाउनुभएको हो ।

    ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो,’ देउवाले भन्नुभयो, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’

    ओली सरकार अहिले पनि बहुमतमा रहेको देउवाले बताउनुभयो।

    नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको उहाँको भनाइ छ।

    ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्। ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ,’ उहाँले भन्नुभयो।

     


    सोमवार, बैशाख ६ २०७८०५:३५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij