Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रहित विपरीतका प्रावधान हटाएर एमसीसी पारित हुनुपर्छ : ज्ञवाली

राष्ट्रहित विपरीतका प्रावधान हटाएर एमसीसी पारित हुनुपर्छ : ज्ञवाली

  • आइतवार, बैशाख ५ २०७८

  • 1.1K
    SHARES

  • राष्ट्रहित विपरीतका प्रावधान हटाएर एमसीसी पारित हुनुपर्छ : ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसी पारित गर्ने भए त्यसमा भएका राष्ट्रहित विपरीतका केही प्रस्ताव सच्याउनुपर्ने बताउनुभएको छ ।

    उहाँले अन्य देशले प्रदान गर्ने सहयोग स्वीकार गर्नुपर्ने भएपनि राष्ट्रहित विपरीत रहेका प्रस्ताव र प्रावधान हटाएर मात्रै एमसीसी पारित गर्नुपर्ने दावी गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले उपाध्यक्ष ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा पनि एमसीसी पारित गर्न खोजेको आरोप पनि लगाउनुभयो ।

    उहाँले प्रधानमन्त्री ओलीले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका प्रावधान सच्याएर उक्त प्रस्ताव पारित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    एमाले उपाध्यक्ष ज्ञवालीले बेलैमा सचेत नहुने हो भने प्रधानमन्त्री ओलीकै कारण लोकतान्त्रिक व्यवस्था धरापमा पर्नसक्ने चेतावनी पनि दिनुभएको छ ।

     

     


    आइतवार, बैशाख ५ २०७८०६:४७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij