Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

  • शनिवार, बैशाख ४ २०७८

  • 1.1K
    SHARES

  • मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने तीन सांसद् पार्टीबाट निस्कासित

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ ।

    शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन गरेको हो ।

    शाही सरकारलाई विश्वासको मत दिने अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णयमा एमाले पुगेको छ । प्रकाश ज्वाला केन्द्रीय सदस्य भएका कारण केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ । साथै, बैठकले यी तीनै जनाको सांसद पद खारेजीका लागि पनि केन्द्रलाई सिफारिस गरेको छ ।


    शनिवार, बैशाख ४ २०७८०६:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij