Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
सर्वदलीय बैठक :

प्रधानमन्त्रीको आरोप, ‘सभामुखले काम गर्नै दिएनन्’

प्रधानमन्त्रीको आरोप, ‘सभामुखले काम गर्नै दिएनन्’

  • शनिवार, बैशाख ४ २०७८

  • 767
    SHARES

  • प्रधानमन्त्रीको आरोप, ‘सभामुखले काम गर्नै दिएनन्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रोश पोख्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले आफूलाई काम गर्न नदिएको भन्दै आक्रोश पोख्नुभएको हो ।

    सभामुखले काम गर्न नदिएकाले वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ ।

    ‘बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गर्नुभयो’, ती नेताले भने ।

    उनका अनुसार बैठकमा कोरोना नियन्त्रणका विषयमा हामीले ६-७ बुँदामा सुझाव दिइएको थियो ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र निधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी हुनुहुन्छ ।

    त्यस्तै, बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन् ।

    बैठकमा एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

    साथै, बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन् । भट्टराई र यादवलाई निम्तो नै नगरिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक ११ बजेपछि सुरु भएको थियो ।

     


    शनिवार, बैशाख ४ २०७८०१:२१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij