Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?

प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?

  • शुक्रवार, बैशाख ३ २०७८

  • 1.0K
    SHARES

  • प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

    ‘विकसित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो’, उहाँले भन्नुभयो’, ‘बैठकमा संसद्को हिउँदे अधिवेशन, कोरोना संकटलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’

    प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैँले फोन गरेर सर्वदलीय बैठकको निम्तो दिनुभएको छ ।
    ‘प्रधानमन्त्रीज्यूले प्रचण्डलाई फोन गरेर भोलिको सर्वदलीय बैठकमा उपस्थितिका लागि निम्तो दिनुभएको छ,’ थापाले भन्नुभयो ।

    यसअघि ललितपुरको एक कार्यक्रममा प्रचण्डले आफूलाई ओलीले फोन गरेको जानकारी गराउनु भएको थियो ।

    प्रतिनिधिसभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाउनु भएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।


    शुक्रवार, बैशाख ३ २०७८०३:२२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij