Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा पनि आजदेखि नेपाल-खनाल पक्ष सक्रिय हुने

काठमाडौंमा पनि आजदेखि नेपाल-खनाल पक्ष सक्रिय हुने

  • शुक्रवार, बैशाख ३ २०७८

  • 802
    SHARES

  • काठमाडौंमा पनि आजदेखि नेपाल-खनाल पक्ष सक्रिय हुने

    काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्षको काठमाडौ जिल्ला कमिटीलाई आज पद बहाली गराइने भएको छ । पार्टीका शिर्ष नेताहरुको उपस्थीतिमा उनीहरुलाई बल्खुमा आयोजित एक समारोहका बीचमा सपथ ग्रहण गराई पद बहाली गराइने भएको हो ।

    पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरिरहेपछि बरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पनि आफ्नो तर्फबाट छुट्टै कमिटिहरु बनाउन थालेको हो ।

    नेपाल खनाल पक्षले अन्य जिल्लाहरुमा पनि समानान्तर कमिटि गठन गरेर सक्रिय बनाएको छ भने सवै जिल्लामा समानान्तर कमिटि बनाउने योजना रहेको नेताहरुले जानकारी दिएका छन् ।

    समानान्तर कमिटिले पार्टीकै गतिविधिहरु गर्ने र अन्ययमा र ओझेलमा परेका कार्यकर्ताहरुलाई संगठित गर्ने नेपाल खनाल पक्षको रणनीति देखिएको छ ।


    शुक्रवार, बैशाख ३ २०७८०८:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij