Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कसले हान्यो एमाले सांसद रावलको घरमा ढुंगा ?

कसले हान्यो एमाले सांसद रावलको घरमा ढुंगा ?

  • बिहिवार, बैशाख २ २०७८

  • 879
    SHARES

  • कसले हान्यो एमाले सांसद रावलको घरमा ढुंगा ?

    काठमाडौं । नेकपा (एमाले)का सांसद झपटबहादुर रावलको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । प्रतिनिधिसभा सदस्य रावलको घरमा गराति अज्ञात समूहले ढुंगा प्रहार गरेको हो ।

    आज बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद रावलले राति १२ बजेको समयमा घरमा ढुंगा प्रहार भएको जानकारी दिनुभएको हो ।

    ‘राति १२ बजे ढोकामा कसैले ढुंगा हान्यो,’ उहाँले भन्नुभयो, ‘खबर गरेको ४५ मिनेटपछि मात्रै प्रहरी आइपुग्यो ।’

    सांसद रावलले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराउनु भएको थियो ।

    यसैबीच, घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बूले राति सांसद रावल बसेको घरमा ढुंगा हानेको प्रहरीको दाबी छ ।

    अभियुक्तको भनाइ उदृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिनुभएको छ ।

    सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले ब्यूँताएपछि सांसद रावल झलनाथ खनाल–माधव नेपाल समूहमा लाग्नुभएको छ ।

     

     

     


    बिहिवार, बैशाख २ २०७८०३:३३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij