Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नहुँदा प्रतिगमनको हल्ला चल्यो : प्रधानमन्त्री ओली

लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नहुँदा प्रतिगमनको हल्ला चल्यो : प्रधानमन्त्री ओली

  • बुधवार, बैशाख १ २०७८

  • 841
    SHARES

  • लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नहुँदा  प्रतिगमनको हल्ला चल्यो : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गर्नु भयो ।

    ‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ’ उहाले प्रश्न गर्नु भयो ‘के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’
    अहिलेको व्यवस्था र यो व्यवस्था सचालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै ओलीले भन्नु भयो, ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन ।’

    उहाले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उहाले भन्नु भयो ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’ ओली प्रश्न गर्नु भएको छ ।


    बुधवार, बैशाख १ २०७८०४:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij