Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

२०७७ सफल वर्षको रुपमा रह्योः ओली

२०७७ सफल वर्षको रुपमा रह्योः ओली

'अब हिंसाको राजनीति देशमा छैन’
  • बुधवार, बैशाख १ २०७८

  • 364
    SHARES

  • २०७७ सफल वर्षको रुपमा रह्योः ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ सफल वर्षको रुपमा रहेको बताउनुभएको छ। नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

    विविध अवरोधका बीच पनि गएको वर्ष सफल रहेको उहाँको तर्क छ । २०७६ मा विखण्डनकारी राजनीतिको अन्त्य गरेको सरकारले २०७७ मा हिंसा युक्त राजनीतिको पनि अन्त्य उहाँले दाबी गर्नुभयो ।

    मूलधारबाट भड्किएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउन आफूहरु सफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

    उहाँले अब देशमा संविधान सर्वमान्य, सर्वस्वीकार्य बन्ने अवस्था रहेको बताउनुभयो ।

    विप्लवहरु मूलधारमा आएसँगै अब देशमा हिंसाको राजनीति सकिएको र देशमा शान्तिको वातावरण बनेको भन्दै ओलीले अब नेपालमा हिंसाको राजनीति नहुने तर्क गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले विकास निर्माणको कामका लागि गएको वर्ष २०७७ सफल रहेको दोहोर्याउनुभयो । उहाँले कोरोना महामारीका बीचमा पनि गएको वर्ष विकास निर्माण र सरकारको कामका आधारमा सफल रहेको उल्लेख गर्नुभयो ।

    भौतिक संरचना र पूर्वाधार तथा पुनर्निर्माणमा वर्ष २०७७ मा सरकारले राम्रो सफलता हात पारेको प्रधानमन्त्री ओलीको भनाई थियो ।


    बुधवार, बैशाख १ २०७८०९:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij