काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार चितवन पुग्नुभएका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थीरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसंवत तरिकाले निकास दिन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको तर्क गर्नुभयो ।
‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अबस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ,’ नेता सिंहले भन्नुभयो ।
उहाँले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पुरा गरेको र अहिले पनि पुरा गर्ने बताउनुभयो। मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफै अग्रसर भएको उहाँको दाबी छ।
‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो, न सुशासन कायम गर्यो, न बिकास निमार्णका कार्य गर्यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन,’ नेता सिंहले भन्नुभयो, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ। यो सरकारले नैतिकता गुमाईसकेको छ। अब यसको विकल्प तत्काल दिनुपर्छ।’