Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको प्याकेजसहितको अफर

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको प्याकेजसहितको अफर

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.9K
    SHARES

  • नयाँ वर्षको अवसरमा  नेपाल टेलिकमको प्याकेजसहितको अफर

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्या २०७८ को अवसर पारेर विभिन्न पयाकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ ।

    टेलिकमले चैत ३१ गतेदेखि ९० दिनसम्म लागू हुने गरी यसअघिको विन्टर अफरअन्तर्गतका प्याकेजमा थप सुविधासहित स्प्रिङ अफर सार्वजनिक गरेको हो ।

    नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा करसहित २९९ रुपैयाँ मा उपलब्ध गराइएको छ ।

    स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १२५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । ‘यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ,’ नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँ को अर्को २४सै घण्टा उपयोग गर्न सकिने अर्को अफर पनि थप गरिएको टेलिकमले जनाएको छ । नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा २८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

    यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिने बताइएको छ ।

    ‘सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ,’ नेपाल टेलिकमले भनेको छ, ‘विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल गर्नुपर्ने छ ।

    कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।’


    मंगलवार, चैत्र ३१ २०७७०९:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij