Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, हुँदैछ यस्तो निर्णय

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, हुँदैछ यस्तो निर्णय

  • सोमवार, चैत्र ३० २०७७

  • 1.2K
    SHARES

  • आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, हुँदैछ यस्तो निर्णय

    काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल र आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ ।

    बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठक बस्न लागेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले जानकारी दिनुभयो ।

    आजको बैठकमा पछिल्लोपटक नयाँ भेरियन्टको कोरोनाको संक्रमणको अवस्था र यसको नियन्त्रणका उपायबारे छलफल हुन बताइएको छ ।

    यसअघि शनिबार बसेको सिसिएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

    यसैबीच, कोरोना संक्रमणको दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आयोजना गरेको सरोकारवालासँगको छलफलमा विद्यालय बन्द अन्तिम उपाय नभएको बताएको छ ।

    नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट निर्णय लिइरहनु उपयुक्त नहुने तर्क गरिएको छ ।

    सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नुहुने भएको छ ।

    सरोकारवालाको सुझावबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

     


    सोमवार, चैत्र ३० २०७७०२:४४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij