Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले बोलाए छुट्टै सर्वदलीय बैठक

प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले बोलाए छुट्टै सर्वदलीय बैठक

  • सोमवार, चैत्र ३० २०७७

  • 1.2K
    SHARES

  • प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले बोलाए छुट्टै सर्वदलीय बैठक

    काठमाडौं । प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाउनुभएको छ ।

    सोमबार (आज) प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाउनुभएका हो ।

    संसद्मा देखिएको समस्या सामधान गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय छलफल बोलाउनु भएको थियो । मुख्यमन्त्रीको सहमतिमा बोलाइएको बैठकमा मुख्यमन्त्री राई नै उपस्थित भएनन् । मुख्यमन्त्री उपस्थित नभएपछि छलफल विनानिष्कर्ष टुङ्गिएको थियो ।

    प्रतिपक्षी दलहरुले आजको बैठक पनि अवरोध गर्ने बताएपछि मुख्यमन्त्री राईले विहान ११ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।

    सर्वदलीय छलफलमा मुख्यमन्त्री माग सम्बोधन गर्न सहमत भए प्रदेश सभामा अवरोध नगर्ने प्रतिपक्षको तयारी छ ।


    सोमवार, चैत्र ३० २०७७०९:२९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij