Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
भयानक दुर्घटना हुने चिकित्सकको चेतावनी

कोरोना संक्रमणको हटस्पट बन्दै विद्यालय : बन्द गर्ने सरकारको तयारी

कोरोना संक्रमणको हटस्पट बन्दै विद्यालय : बन्द गर्ने सरकारको तयारी

  • आइतवार, चैत्र २९ २०७७

  • 1.4K
    SHARES

  • कोरोना संक्रमणको हटस्पट बन्दै विद्यालय : बन्द गर्ने सरकारको तयारी

    काठमाडौँ – नेपालका विद्यालयहरु कोरोना भाइरस संक्रमणको हटस्पट बन्न थालेका चिकित्सकहरुले बताएका छन् ।

    जोखिम न्यूनिकरणका लागि तत्काल उपयुक्त कदम नचालिए विद्यालयहरुबाट कोरोना संक्रमणले भयानक रुप धारण गर्न सक्ने उनीहरुको चेतावनी छ ।

    कोरोना संक्रमणको जोखिम अन्त्य नुहँदै सञ्चालनमा आएका विद्यालयहरुमा सुरक्षाका मापदण्ड लागू नभएका कारण स्थिति असामान्य बन्न थालेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले बताउनुभयो।

    नेपालमा कोरोना संक्रमण सम्बन्धी पछिल्ला आँकडाहरुले विद्यार्थी र शिक्षकमा संक्रमण बढ्दै गएको देखाएको उहाँले बताउनुभयो ।

    विद्यार्थीहरुबाट परिवारका दृघरोगीहरुमा संक्रमण फैलिने र त्यसले दुर्घटनाको जोखिमलाई थप बढाउने डा. बाँस्तोलाको भनाइ छ ।

    डा. बाँस्तोलाका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्नुका साथै गम्भीर भएर अस्पताल भर्ना हुने बिरामीको संख्या पनि उच्च रहेको छ ।

    अस्पतालहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था पनि आउन सक्ने उहाँको चेतावनी छ । समुदायमा धेरै संक्रमित रहेको हुनसक्ने आशंका गर्दै डा. बाँस्तोलाले परीक्षण दायरालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

    आम नागरिक र सरकार मिलेर कोरोना विरुद्ध लड्नुपर्ने बेला पछिल्लो समय अति लापर्वाही भएको डा. बाँस्तोलाले गुनासो गर्नुभयो । मुलुकमा भएका राजनीतिक चहलपहल र भोजभतेरले न्यूनिकरण भइसकेको कोरोना भाइरस संक्रमणले फेरि एकपटक टाउको उठाउने मौका पाएको उहाँको बुझाई छ ।

    कोरोना केही हैन र लागे पनि निको भैहाल्छ भन्ने विश्वास पैदा भएका कारण पनि संक्रमणको जोखिम फेरि बढेको बताउँदै डा. बाँस्तोलाले विदेशबाट थप खतरनाक भाइरस नेपालमा प्रवेश गरेका कारण पनि सावधानी अपनाउन अति आवश्यक रहेको सुझाव दिनुभयो ।

    कोरोना संक्रमणको दोस्रो लहर फैलिने क्रम सुरु भए पछि फेरि लकडाउन हुने चर्चा पनि चलेको छ । स्थिति असहज भए फेरि पनि लकडाउनमा जान सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले नै बताइसक्नुभएको छ ।

    विद्यालयहरु कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि सबै शिक्षणसंस्थाहरु बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने विकल्पबारे सरकारले अध्ययन गरिरहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताउनुभयो ।

    सरकारले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले भिने विरोध जनाएको छ । सबै विद्यालय बन्द गर्दा क्षैत्रिक क्षेत्रमा ठूलो असर पर्ने भन्दै प्याब्सनले विरोध गरेको हो ।

    प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रुपमा विद्यालय सञ्चालन हुन दिनुपर्ने र त्यसका लागि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने माग राख्नुभएको छ ।


    आइतवार, चैत्र २९ २०७७०७:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij