Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै

  • आइतवार, चैत्र २९ २०७७

  • 1.1K
    SHARES

  • काँग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    साथै आजको पदाधिकारी बैठकमा भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि छलफल गर्ने तयारी गरिएको छ ।

    बैठकमा समसामयिक राजनीति, नयाँ सरकार गठनका लागि विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि छलफल हुने बताइएको छ ।

    बैठकमा सभापति शेरबहादुर देउवा निवासमा माओवादी केन्द्र र जसपासँग भएको भेटका बारेसमेत औपचारिक जानकारी गराउने बताइएको छ ।

    दुई दिनअघि माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि कांग्रेसले छलफल गरेको थियो ।


    आइतवार, चैत्र २९ २०७७१०:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij