Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा सेनाको दमन, ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सेनाको दमन, ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

  • आइतवार, चैत्र २९ २०७७

  • 660
    SHARES

  • म्यानमारमा सेनाको दमन, ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

    एजेन्सी । म्यानमारको बागो शहरमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीले गरेको कारवाहीमा ८० भन्दा बढीको मृत्यु भएको छ ।

    म्यानमारको समाचार आउटलेट असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्शका अनुसार शुक्रबार एकैदिन ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको हो ।

    सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न नसकेको बताइएको छ ।

    यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले बिहानैबाट कारवाही गरेको थियो ।

    म्यानमारमा जननिर्वाचत सरकारलाई अपदस्थ गरि गत फेब्रअरी १ मा सेनाले सत्ता हत्याए यता चर्किएको प्रदर्शनमा ६ सय १८ जनाको मृत्यु भैसकेको छ ।

    सेनाले सत्तामा आफ्नो पकड कायमै रोक्न दमन थप बढाएको छ । यसैबीच म्यानमारमा जारी आन्दोलनमाबीच सयौं सर्वसाधारणले आफनो देश छोडेर पलायन भएका छन् ।

    यता म्यानमारका अपदस्थ सांसदहरु र संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदुतले सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।

    राष्ट्रसंघको बैठकले भने म्यानमारलाई असफल राष्ट्रको संघारमा पुगेको भन्दै त्यहांको सैन्य नेतृत्वलाई चेतावनी दिएको छ ।


    आइतवार, चैत्र २९ २०७७०७:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij