Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

जसपासँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुनसक्ने भट्टराईको खुलासा

जसपासँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुनसक्ने भट्टराईको खुलासा

  • आइतवार, चैत्र २९ २०७७

  • 924
    SHARES

  • जसपासँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुनसक्ने भट्टराईको खुलासा

    काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा एमालेका नेता डा.राजन भट्टराईले जनता समाजवादी पार्टी जसपासँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुनसक्ने खुलासा गर्नुभएको छ ।

    उहाँले जसपाले उठान गरेका कानुनीरुपमा समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने उल्लेख गर्दै जसपासँग सत्ता साझेदारी हुनसक्ने खुलासा गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले जसपाका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

    देशलाई राजनीतिक संकटबाट निकास दिन तीनवटा मात्रै विकल्प रहेको उल्लेख गर्दै उहाँले पहिलो वर्तमान सरकारको निरन्तरता, दोस्रो निर्वाचनमा जानुपर्ने र अन्तिम विकल्प वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर सरकार परिवर्तन गर्नु रहेको प्रष्ट पार्नुभएको छ ।

    फरक प्रसंगमा डा.भट्टराईले उत्तरी नाका संचालनमा ल्याउन चीनसँग सरकारले पहल गरिरहेको जानकारी दिनुभएको छ ।

    चीनमा कोरोना संक्रमण बढ्ने बित्तिकै नाकामा कडाइ हुने गरेको उल्लेख गर्दै उहाँले अन्र्तराष्ट्रिय नाका भएकाले सरकारले एएकतर्फि निर्णय गरेर नाका संचालन गर्न नसक्ने बताउनुभएको छ ।


    आइतवार, चैत्र २९ २०७७०६:३२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij