Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकार फेरबदलको बिषय झन् पेचिलो बन्दै

सरकार फेरबदलको बिषय झन् पेचिलो बन्दै

जसपाले ठोस निर्णय नगर्दा अन्योल कायमै
  • शनिवार, चैत्र २८ २०७७

  • 862
    SHARES

  • सरकार फेरबदलको बिषय झन् पेचिलो बन्दै

    काठमाडौँ । असंवैधानिक रुपमा विगघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थाना भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र नयाँ सरकार बन्ने चर्चा चलेपनि त्यो अहिलेसम्म चर्चामै सीमित छ । तत्कालिन नेकपामा विवाद जारी रहेकै बेला सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले व्यूँत्याइएपछि सरकार फेरबदलको बिषय चर्को रुपमा उठेपनि थप पेचिलो बनेको हो ।

    प्रतिनिधि सभा पुनस्र्थापना लगत्तैदेखि नयाँ सरकार बनाउने पुष्पकमल दाहाल प्रचण्डको प्रयास संसद पुनस्र्थापनाको करिब दुई महिना वित्न लाग्दा समेत सफल हुन सकेको छैन । प्रधानमन्त्री ओलीविरुद्ध सशक्त रुपमा उत्रिने कांग्रेसको निर्णयसँगै माओवादी केन्द्र उत्साहित भएपनि नयाँ सरकार गठनमा निर्णायक जनता समाजवादी पार्टी जसपाले ठोस निर्णय नगर्दा थप अन्योल सिजर्ना भएको छ ।

    कांग्रेसको उक्त निर्णयपछि प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने अभिव्यक्ति निरन्तर दिँदै आउनुभएको छ । ओलीविरुद्ध उत्रिने कांग्रेसको निर्णयसँगै मुलुकको राजनीतिले कोल्टो फेरेको भन्दै चैत २१ गते प्रचण्डले कपिलवस्तु पगेर केही दिनमै नयाँ सरकार गठन हुने दाबी मात्र होइन सार्वजनिक रुपमा सबैलाई बाधाइ नै दिनुभएको थियो ।

    केही दिनमै नयाँ सरकार बन्छ भन्दै प्रचण्डले अभिव्यक्ति दिएको एक साता वितेपनि यसका लागि उल्लेख्य छलफल–बसह भने भएको छैन । तरै पनि सार्वजनिक कार्यक्रममा प्रचण्डले ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै मुलुकले केही दिनमै नयाँ सरकार पाउने अभिव्यक्ति भने बारम्बार दिँदै आउनुभएको छ ।

    आजपनि माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको भन्दै उहाँले नयाँ सरकार गठनका लागि ओली समूहका बाहेकका दलहरुसँग मोर्चा बन्ने बताउनुभयो ।

    यता, कांग्रेमा पनि वैचारिक मतैक्यता नुहँदा नै केन्द्रीय समितिको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन नभएको देखिएको छ । कांग्रेसले सभापति शेरबहादुर देउवाकै कारण ओली नेतृत्वको सरकाविरुद्ध वैचारिक रुपमा एक भएर निर्णय लिन नसकेको वरिष्ठ नेता रामचन्द्र पौडेल बताउनुहुन्छ ।

    निरङ्कुश प्रवृत्तिका ओलीलाई पदबाट हटाउने मौका पहिला पनि एक पटक गुमेको भन्दै अब पनि अल्मलिराख्ने हो भने न रुनु न हास्नुको अवस्थामा मुलुक पुग्ने नेता पौडेलको भनाइ छ ।

    कांग्रेसभित्र संस्थापनइतर पक्ष कुनै पनि हालतमा ओलीलाई विस्थपित गरेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा छ भने संस्थापन पक्ष ओलीकै नेतृत्वमा मुलुकलाई निर्वाचन लैजाँदा पनि फरक नपर्ने पक्षमा देखिन्छ । यता, नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको जपमा पनि वैचारिक मतैक्यता नहुनुले पनि मुलुकको राजनीतिलाई झन् अन्योलतातिर धकेको देखिएको छ ।

    ओली पक्षसँगपनि छलफलमा रहेको जसपाले कांग्रेस र माओवादी केन्द्रसँग पनि निरन्तर छलफल गर्दै आएको छ । ‘पार्टीमा छलफल जारी छ, सल्लाह गरेर निर्णय लिन्छौँ’ भन्दै अहिलेसम्म कुनै ठोस निर्णय जसपाले नलिँदा सरकार फेरबदलको बिषयमा सकस बनेको राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।
    हिजो कांग्रेससँग औपचारिक छलफलमा सामेल भएपछि पनि सजपाका अध्यक्ष महन्थ ठाकुरले ‘पार्टीमा छलफल जारी छ, सल्लाह गरेर निर्णय लिन्छौँ’ भन्ने अभिव्यक्ति दोहा¥याउनुभएको छ ।

    संसदमा पहिलो शक्तिका रुपमा रहेको एमाले अध्यक्ष ओलीविरुद्ध मुख्य तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच नै सहमति नजुट्दा नयाँ सरकार बन्न सकस भइरहेको छ । संसद पुनस्र्थापना भएको करिब दुई महिना वित्न लाग्दा समेत सरकार फेरबदलबारे अन्योल कायमै हुँदा वर्तमान सरकारलाई काम गर्न विभिन्न अड्चन खडा हुँदै आएको छ भने नयाँ सरकार गठनको बिषय पनि पेचिलो बन्दै गएको छ ।



    शनिवार, चैत्र २८ २०७७०८:१२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij