काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बंगालको सिलीगुढीमा आयोजित कार्यक्रममा ढाकाटोपी लगाएर सम्बोधन गरेका छन् । उनले नेपाली मूलका गोर्खा समूदायको सम्मानमा आफूले ढाकाटोपी लगाएको बताएको छ ।
सम्बोधनका क्रममा मोदीले नेपाली उखानसमेत भनेका छन् । उनले भने, ‘नदिने बजुले आइतबार पनि बार्छिन् ।’
मोदीको यो भनाइ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि लक्षित थियो ।
मोदीले देशको रक्षा गर्ने गोर्खाली समूदायलाई बनर्जीले अपमान गरेकोसमेत आरोप लगाए ।
बनर्जी त्रिनमुल कंग्रेसकी अध्यक्षसमेत हुन् । उनी मोदीकी कट्टर आलोचकसमेत हुन् ।