Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

परिबन्दमा पारेर शीतल निवास लगिएको प्रचण्डको दाबी, ओलीसँग बालुवाटारमा वारपार!

परिबन्दमा पारेर शीतल निवास लगिएको प्रचण्डको दाबी, ओलीसँग बालुवाटारमा वारपार!

  • आइतवार, श्रावण ४ २०७७

  • 1.1K
    SHARES

  • परिबन्दमा पारेर शीतल निवास लगिएको प्रचण्डको दाबी, ओलीसँग बालुवाटारमा वारपार!

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेर अघिदेखि छलफल सुरु भएको हो ।

    पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको विषय बाहिर आएको थियो ।

    तर दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए।

    प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको बताएका छन् । आफूलाई परिबन्दमा पारेर शीतल निवास लगिएको प्रचण्डको दाबी छ ।

    वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालसहितका नेताहरुसँग आइतबार बिहान दाहालले ओलीसँग महाधिवेशनबारे कुनै सहमति नगरेको बताएका छन्।

    उनले भुलवश ओलीको प्रस्तावको समर्थन गर्न पुगेको र आफूलाई परिवन्दमा पारेर राष्ट्रपति कार्यालय पुर्‍याइएको बताएका थिए।

    शीतल निवासमा आफूलाई परिबन्दमा पारिएको महसुस हुनेबित्तिकै आफूले छोरीलाई फोन गरेर कुनै सहमति नभएको विषय फेसबुकमार्फत सार्वजनिक गर्न आग्रह गरेको प्रचण्डले बताएका छन् ।

    ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौँ’, प्रचण्ड पुत्री तथा उनकी स्वकिय सचिव गंगा दाहालले शनिबार राति नै फेसबुकमा लेखेकी थिइन् ।


    आइतवार, श्रावण ४ २०७७०४:५७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij