Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

देउवा निवासमा सुरु भयो तीन दलको बैठक

देउवा निवासमा सुरु भयो तीन दलको बैठक

  • शुक्रवार, चैत्र २७ २०७७

  • 986
    SHARES

  • देउवा निवासमा सुरु भयो तीन दलको बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरु भएको छ। देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको यस बैठकले नयाँं सरकार बारे छलफल गर्ने बताइएको छ ।

    बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छेदार, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला, पूर्ण बहादुर खड्का सहमहामन्त्री डा। प्रकाश शरण महत, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।

    बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ स्थायी समिति सदस्य कृष्ण बहादुर महरा र प्रमुख सचेतक देव प्रसाद गुरुङ रहेका छन् ।
    साथै जनता समाजवादीका नेताहरु महन्थ ठाकुर सहित डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव र अशोक राई पनि देउवा निवास बैठकमा सहभागी भएका छन् ।


    शुक्रवार, चैत्र २७ २०७७०४:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij