Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीले गर्‍यो गृहमन्त्री थापासहित दुई राष्ट्रियसभा सांसदलाई पनि कारवाही  

माओवादीले गर्‍यो गृहमन्त्री थापासहित दुई राष्ट्रियसभा सांसदलाई पनि कारवाही  

दल त्यागको सूचना संसद सचिवालयमा
  • शुक्रवार, चैत्र २७ २०७७

  • 1.8K
    SHARES

  • माओवादीले गर्‍यो गृहमन्त्री थापासहित दुई राष्ट्रियसभा सांसदलाई पनि कारवाही  

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ।

    बादल र खड्का नेकपा एमालेमा प्रवेश गरिसकेका छन्। दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ।

    माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन्।

    माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सूचना सचिवालयमा दिइएको बताए। ‘दलको नेताका तर्फबाट राष्ट्रियसभाका नेता दिनानाथ शर्माले सूचना बुझाउनुभएको हो,’ विडारीले भने।

    बादल ६ वर्षका लागि राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए भने खड्काको कार्यकाल ४ वर्ष छ।

    राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकोले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइनेछ।

    यसअघि बिहीवार प्रतिनिधिसभामा बैठकमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले गराएका थिए। केपी ओली सरकारमा मन्त्री रहेका प्रत्यक्ष निर्वाचित चारै जनालाई सांसदबाट पदमुक्त गर्न प्रचण्डले मंगलवार संसद सचिवालयमा सूचना दिएका थिए।


    शुक्रवार, चैत्र २७ २०७७०१:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij