काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले सत्ता समिकरणका लागि पार्टी छलफलमा जुटेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमालेबाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे काँग्रेस छलफलमा जुटेको जानकारी दिनुभयो ।
नेता साउदले देशमा संकट निम्याँउने वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
उहाँले देशमा देखापरेको राजनीतिक संकट समााधानका लागि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गर्नुपर्ने बेला आएको दावी गर्नुभएको छ ।
काँग्रेस नयाँ सत्तासमिकरणका लागि विपक्षी जुटाउन लागिपरेको पनि नेता साउदले बताउनुभयो ।