Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

आरोप-प्रत्यारोप गर्ने थलो बनेको संसद्‌मा प्रधानमन्त्री ओलीलाई बहसका लागि चुनौती

आरोप-प्रत्यारोप गर्ने थलो बनेको संसद्‌मा प्रधानमन्त्री ओलीलाई बहसका लागि चुनौती

विकासका काम हुँदा प्रेसर लिएको भन्दै सरकारपक्षद्वारा प्रतिवाद
  • बिहिवार, चैत्र २६ २०७७

  • 835
    SHARES

  • आरोप-प्रत्यारोप गर्ने थलो बनेको संसद्‌मा प्रधानमन्त्री ओलीलाई बहसका लागि चुनौती

    काठमाडौं । प्रतिनिधी सभा देशको राजनितीक, समसामयिक र महत्वपुर्ण बिषयमा गहन छलफल हुनुपर्ने ठाउँ हो । कोरोना महामारीको उच्च रुप, मुल्यवृद्धिलगाय महत्वपुर्ण बिषयमा छलफल हुनुपर्ने ठाँउ अहिले एकअर्कामा आरोप प्रत्यारोपमा सिमीत भएको छ ।
    आज बसेको प्रतिनिधी सभा बैठकमा सरकारले गरिरहेका कामकारवाहीका बिषयमा प्रतिपक्ष र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा उपस्थित नभएको बिषयलाई पनि सांसदहरुले प्रश्न गर्ने गरेका छन् । संसद छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै प्रधानमन्त्रीमाथि संसदमा आक्रोश व्यक्त गरिएको छ ।

    कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गर्नुभएको छ । सांसद थापाले बिना योजना बिकास अयोजनको शिलान्यास र उद्घाटन गरेर तमासा देखाएको आरोप प्रधानमन्त्री लगाउनुभयो ।

    यस्तै सांसद थापाले पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई निम्तो समेत दिनुभएको छ । ओलीले तीन वर्षमा चमत्कार भयो भनेपनि राष्ट्रिय गौरव आयोजनाहरु वर्षौदेखि थला परेको उहाँको दावी छ ।

    प्रधानमन्त्री ओलीलाई तीन वर्षमा कति चमत्कार भएको छ ? पानीमा बहस गरौं, सडकमा बहस गरौं, पुलमा बहस गरौं । राष्ट्रिय गौरबका आयोजनाको एउटा–एउटा कुरामा बसह गरौं भन्दै तथ्यांक टेकेर बहसमा आउन सांसद थापाले चुनौती समेत दिनुभयो ।

    तर आजको संसदमा ओली पक्षका एमाले सांसद महेश बस्नेतले सरकारको बचाउ गर्नुभएको छ । सांसद बस्नेतले थापालाई जवाफ दिँदै अहिलेको सरकारले विकास निर्माणमा अभूतपूर्व काम गरेको दाबी गर्नुभयो । रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन प्रेसर बढेको भन्दै प्रतिबाद गर्नुभएको छ । छ ।

    यसैबिच, एमालेका सांसद लालबाबु पण्डितले सरकारले संसदलाई काम दिएन भन्न नमिल्ने बताउनु भएको छ ।
    पण्डितले संसदमा विधेयकहरु चाङ लागेर बस्दा पनि विधेयक माथिको छलफल सभामुखले अघि नबढाएको आरोप लगाउनुभयो ।

    आजको बैठकमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पनि संसदीय समितिहरूमा नेकपाकै अस्तित्व कायम रहेको भन्दै सत्तारुढ दल एमालेले सभामुखको ध्यानाकर्षण समते गराएको छ ।

     


    बिहिवार, चैत्र २६ २०७७०८:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij