Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध

बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध

  • बिहिवार, चैत्र २६ २०७७

  • 711
    SHARES

  • बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध

    एजेन्सी । बेलायतका लागि म्यानमारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ ।

    राजदूत क्वा ज्वार मिनलाई म्यानमारमा सैनिक कू भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न बाध्य पारिएको बीबीसीले जनाएको छ । राजदूत मिनले रोयटर्ससँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताए ।

    म्यानमारमो सैन्य ‘कू’को विरोध गरेपछि राजदूतमाथि यस्तो अशोभनीय क्रियाकलाप भएको समाचारमा उल्लेख गरिएको छ । दुतावासबाट बाहिरिएपछि उनले कफि खाँदै बाहिर बस्नुभएको छ । उनलाई बेलायतको प्रहरीले सुरक्षा दिएको छ ।

    म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक कू भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ । सैनिक नियन्त्रणमा रहेकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ ।

    म्यानमारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।


    बिहिवार, चैत्र २६ २०७७०८:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij