Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
च्याम्पियन्स लिग :

चेल्सीको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

चेल्सीको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

  • बिहिवार, चैत्र २६ २०७७

  • 706
    SHARES

  • चेल्सीको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

    एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ ।

    बुधबार राति भएको खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको ८५ औं मिनेट चिलवेलले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

    जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    पोर्टोलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । चेल्सी र पोर्टोबीचको दोस्रो लेग अप्रिल १३ मा हुने छ ।



    बिहिवार, चैत्र २६ २०७७०८:१३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij