काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर विश्वासको मत फिर्ता लिने खुलासा गर्नुभएको छ ।
उहाँले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल भइरहेको जानकारी दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले दुई पार्टीसँग अविश्वासको प्रस्तावबारे छलफल गरिरहेको उल्लेख गर्दै नेता पौडेलले छिट्टै माओवादी केन्द्रले सरकारबाट सर्मथन फिर्ता लिने दावी गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पदका लागि जे पनि गर्नसक्ने आरोप लगाउनुभयो ।
पद जोगिने देखेपछि ओलीले संसद् विघटन गरेको भन्दै नेता पौडेले फेरि पनि संसद् विघटनको खतरा औंल्याउनुभयो ।