Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
च्याम्पियन्स लिग :

रियल म्याड्रिडले घरेलु मैदानमा लिभरपुलमाथि जित निकाल्यो

रियल म्याड्रिडले घरेलु मैदानमा लिभरपुलमाथि जित निकाल्यो

  • बुधवार, चैत्र २५ २०७७

  • 953
    SHARES

  • रियल म्याड्रिडले घरेलु मैदानमा लिभरपुलमाथि जित निकाल्यो

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल म्याड्रिडले घरेलु मैदानमा जित निकालेको छ ।
    गएराति भएको खेलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हरायो ।

    भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलले लिभरपुलमाथि सहज जित हात पारेको हो । भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

    लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे ।

    अर्को खेलमा भने इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ ले पराजित गरेको हो ।

    सिटीले घरेलु मैदानमा जित हात पारेको हो । सिटीको जितमा भिन डे ब्रुयनेले १९औं र फिल फोडेनले ९०औं मिनेटमा गोल गरे । डर्टमण्डका मार्को रिउसले ८४औं मिनेटमा गोल गरेका थिए ।


    बुधवार, चैत्र २५ २०७७०१:३७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij