एजेन्सी । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको मैदानमा केभिन डी ब्रुइनले १९ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो ।
८४ औं मिनेटमा डर्टमुन्डका मार्को रियुसले गोल गर्दै खेल बरारबरीमा ल्याएका थिए ।
तर निर्धारित समय सकिन केही समय बाँकी रहेका बेला सिटीका लागि फिलिप फोडेनले गोल गरेपछि सिटी २–१ गोल अन्तरले विजयी भयो ।