काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले माधवकुमार नेपाल निलम्बनमा रहेकाले उहाँले गरेका निर्णय अवैधानिक भएको दावी गर्नुभएको छ ।
उहाँले निलम्बनमा परेका व्यक्तिले पार्टीसँग जोडेर गरेका कुनै पनि निर्णय मान्य र वैध नहुने भन्दै अवैधानिक क्रियाकलाप नगर्न नेपाललाई सुझाव दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘नेताहरुले गल्ति गर्दा सुध्रिने मौका दिनुपर्छ, एमाले पार्टीले पनि मौका दिएको छ । पार्टी विरोधी गतिविधि नगर्न भनेरै माधव नेपाललगायतका नेतालाई निलम्बन गरिएको हो । उहाँहरु सच्चिएर पार्टीलाई एकजुट बनाउन जुट्नुपर्छ ।’
नेपाल–खनाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गर्नुलाई पनि रिमालले अवैधानिक भन्नुभएको छ ।