Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेता पुनको खुलासा : ‘आजै माओवादीले सरकारबाट सर्मथन फिर्ता लिन्छ’

नेता पुनको खुलासा : ‘आजै माओवादीले सरकारबाट सर्मथन फिर्ता लिन्छ’

बहुमत जुटाएर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौति
  • आइतवार, चैत्र २२ २०७७

  • 1.2K
    SHARES

  • नेता पुनको खुलासा : ‘आजै माओवादीले सरकारबाट सर्मथन फिर्ता लिन्छ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आजै सरकारबाट सर्मथन फिर्ता लिने खुलासा गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘काँग्रेस वैकल्पिक सरकार बनाउन पहल गर्ने भएको छ, काँग्रेसलाई सर्मथन गछौँ, सरकारलाई दिएको बिश्वासको मत आजै फिर्ता लिन्छौँ ।’

    उहाँले काँग्रेसले वैकल्पिक सरकार बनाउन पहल गर्ने बताइसकेकाले सरकारबाट सर्मथन फिर्ता लिएर काँगेसलाई सर्मथन गर्ने पनि दावी गर्नुभएको छ ।

    नेता पुनले पार्टीको आइतबार (आज) बस्ने स्थायी कमिटीको बैठकले सरकारबाट सर्मथन फिर्ता लिनेबारे निर्णय लिने जानकारी दिनुभएको हो ।

    अब सरकारलाई दिएको सर्मथनबारे उचित फैसला लिनुपर्ने समय आइसकेको बताउँदै उहाँले आज बस्ने पार्टीको स्थायी कमिटी बैठकले सर्मथन फिर्ताबारे निर्णय लिने दावी गर्नुभयो ।

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदमले देशको राजनीतिमा यस्तो किसिमको अन्यौलता पैदा गरेको आरोप पनि उहाँले लगाउनुभएको छ ।

    नेता पुनले ओलीले नैतिकरुपमा राजीनामा दिनुपर्नेमा नदिएको कुरा उठान गर्दै बहुमत जुटाउन पनि चुनौति दिनुभएको छ ।


    आइतवार, चैत्र २२ २०७७०६:४७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij