Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीले सरकारबाट सर्मथन फिर्ता लिएपछि नयाँ सरकारबारे निर्णय लिन्छौँ : नेता यादव

माओवादीले सरकारबाट सर्मथन फिर्ता लिएपछि नयाँ सरकारबारे निर्णय लिन्छौँ : नेता यादव

  • आइतवार, चैत्र २२ २०७७

  • 1.1K
    SHARES

  • माओवादीले सरकारबाट सर्मथन फिर्ता लिएपछि नयाँ सरकारबारे निर्णय लिन्छौँ : नेता यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले प्रतिपक्षीय धर्म निभाउने काँग्रेसको संकेत स्वागतयोग्य भएको बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने काँग्रेसको निर्णयलाई नेता यादवले स्वागतयोग्य भन्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘अन्ततःप्रमुख प्रतिपक्षी काँग्रेसले नयाँ सरकार गठनको संकेत गरेकाले त्यो स्वागतयोग्य छ, जसपा मुलुकको राजनीतिलाई निकास दिन पहल गर्ने छ ।’

    सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै नेता यादवले पार्टी उचित निर्णय गरेर सहि बाटोमा अघि बढ्ने पनि बताउनुभएको छ ।

    माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि जसपाले नयाँ सरकार गठनबारे निर्णय लिनुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।

    मुलुकको सुशासन सुदृढ बनाउन पार्टीलाई सक्रिय बनाउने बताउँदै नेता यादवले जसपा पनि सरकारको नेतृत्व लिन सक्षम रहेको दावी गर्नुभएको छ ।

    उहाँले जसपाका माग, देशको विकासबारे काँग्रेसको रणनीति बुझेपछि मात्रै सहकार्य हुनसक्ने स्पष्ट पार्नुभयो ।

     

     

     


    आइतवार, चैत्र २२ २०७७०६:२९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij