काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । आज दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।
खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहनुभएका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रबर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुग्नु भएको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आउनु भएको खनालले बताउनुभयो ।
भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना राखेको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।