Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारबाट आएकालाई खाना र औषधिको व्यवस्था गर्न भारत तयार छ : गृहमन्त्री शाह

म्यानमारबाट आएकालाई खाना र औषधिको व्यवस्था गर्न भारत तयार छ : गृहमन्त्री शाह

  • शनिवार, चैत्र २१ २०७७

  • 1.1K
    SHARES

  • म्यानमारबाट आएकालाई खाना र औषधिको व्यवस्था गर्न भारत तयार छ : गृहमन्त्री शाह

    एजेन्सी । म्यानमारबाट भागेर आफ्नो देशमा आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न तयार रहेको भारतले जनाएको छ ।

    भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

    म्यानमारमा दैनिकजसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै उनले अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

    म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ भने उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको गृहमन्त्री शाहको भनाइ छ । तर म्यानमारबाट अवैध घुसपैठ बढाउन भने भारत सरकार तयार नरहेको उनले बताएका छन् ।

     


    शनिवार, चैत्र २१ २०७७०३:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij