Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

‘ओलीले आफैं नछोडे हामी हटाउँछौ’ : कांग्रेस वरिष्ठ नेता पौडेल

‘ओलीले आफैं नछोडे हामी हटाउँछौ’ : कांग्रेस वरिष्ठ नेता पौडेल

  • शनिवार, चैत्र २१ २०७७

  • 810
    SHARES

  • ‘ओलीले आफैं नछोडे हामी हटाउँछौ’ : कांग्रेस वरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिनु भएको छ ।

    नेपाल शिक्षक संघको कार्यक्रम नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको बताउनुभएको ।

    ’प्रधानमन्त्रीले आफैं छोड्नुहुन्न भने हामी हटाउँछौं । उहाँले राजीनामा नदिएका कारण हामी हटाउन बाध्य हुनुपरेको छ’, उहाँले भन्नुभयो ।

    ७० वर्षदेखि लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था ओलीले ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उहाँले बताउनुभएको छ । साथै, उहाँले प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेकोसमेत आरोप लगाउनुभयो ।

    यता, कांग्रेसले म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

    साथै, आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा सैनिक कूको भत्र्सना गर्न नेपाल सरकार, राजनीतिक दलहरू, संयुक्त राष्ट्रसंघ लगायतलाई अपिल गरेको छ ।

     


    शनिवार, चैत्र २१ २०७७०३:१०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij