Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री भन्छन्, ‘समर्थन फिर्ता लिएर मलाई हटाउ न त !’

प्रधानमन्त्री भन्छन्, ‘समर्थन फिर्ता लिएर मलाई हटाउ न त !’

‘राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन्’
  • शनिवार, चैत्र २१ २०७७

  • 829
    SHARES

  • प्रधानमन्त्री भन्छन्, ‘समर्थन फिर्ता लिएर मलाई हटाउ न त !’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ वटा सडकको शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चुनौती दिनुभएको हो ।

    ‘काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन्’, उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? हटाउ न त समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न !’

    प्रधानमन्त्रीको यो चुनौती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित थियो ।

    प्रधानमन्त्री ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप भएन भने ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ । ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उहाँको भनाइ छ ।


    शनिवार, चैत्र २१ २०७७०१:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij