काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । दिउसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो । पार्टीको महाधिवेशनका लागि गर्नुपर्ने कामहरुलाई अगाडि बढाउने बारेमा छलफल गर्न बैठक आयोजना गरिएको नेताहरुले जनाएका छन् ।
पार्टीमा क्रियाशिल सदस्यता सम्वन्धी विवाद रहेको छ भने महाधिवेशनको तयारीको बारेमा पनि पर्याप्त गृहकार्य नभएको भन्दै आलोचना भइरहेको छ ।
बैठकले क्रियाशिल सदस्यता विवाद समाधान गर्ने र महाधिवेशनको तयारीलाई तिव्रता दिने बारेमा केही निर्णय गर्न सक्ने अपेक्षा गरिएको नेताहरुको भनाई छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने र नयाँ सरकार बनाउन काँग्रेसले कस्तो भूमिका खेल्ने भन्ने बारेमा पनि छलफल हुने भएको छ ।