Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने
  • शुक्रवार, चैत्र २० २०७७

  • 920
    SHARES

  • नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट भई छुट्टै कमिटी बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने उद्घोष गरेको माधव नेपाल–झलनाथ खनाल समूहको बैठक बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने जनाइएको छ ।

    ओलीले एकपछि अर्को गर्दै आफ्ना पक्षका नेतालाई धमाधम कारबाही गर्न थालेपछि रणनीति बनाउन नेपाल पक्षले आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक गर्न लागेको हो ।

    आजको बैठकमा देशव्यापी अभियानका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने नेपाल पक्षका एमाले नेताले बताएका छन् ।


    शुक्रवार, चैत्र २० २०७७०९:१६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij