Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा जारी हिंसामा ४३ बालबालिकाको मृत्यु

म्यानमारमा जारी हिंसामा ४३ बालबालिकाको मृत्यु

  • शुक्रवार, चैत्र २० २०७७

  • 948
    SHARES

  • म्यानमारमा जारी हिंसामा ४३ बालबालिकाको मृत्यु

    एजेन्सी । म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिकाको मृत्यु भएको छ । गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्डे«नलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

    सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये कयौंको मृत्यु भइसकेको छ ।

    सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको संख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । तर स्थानीयहरुले भने मृत्यु हुने बालबालिकाको संख्या ५३६ रहेको दावी गरेका छन् ।

    यसैबीच सैनिक सरकारले म्यानमारकी नेतृ आङ साङ सूची र उहाँका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ ।

    उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् । सूचीमाथि गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनीरुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ ।

    जारी हिंसा कम नभएको भन्दै म्यानमारको सैनिक नेतृत्वको सर्वत्र आलोचना भइरहेको छ ।

    म्यानमारका लागि संयुक्त राष्ट्रसंघका राजदूतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा भएको दमन निन्दनीय भएको प्रतिक्रिया दिनुभएको छ ।


    शुक्रवार, चैत्र २० २०७७०७:१०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij