Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले र माओवादीको एकता ससुराली जाँदाको सहयात्रा जस्तो हो : चित्रबहादुर केसी

एमाले र माओवादीको एकता ससुराली जाँदाको सहयात्रा जस्तो हो : चित्रबहादुर केसी

  • आइतवार, श्रावण ४ २०७७

  • 779
    SHARES

  • एमाले र माओवादीको एकता ससुराली जाँदाको सहयात्रा जस्तो हो : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले तत्कालिन एमाले र माओवादीको एकिकरणलाई ससुराली जाँदा बाटोमा भएको भेटघाटको संज्ञा दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “तत्कालिन एमाले र माओवादीबीचको एकिकरण भनेको एकैतिर ससुराली भएकाहरु बाटोमा सँगसगै गए जस्तो हो ।”

    उहाँले नेकपाको एकिकरणको घोषणा सिद्धान्त र संगठनका आधारमा भन्दापनि त्यतिबेलाको चुनावी स्वार्थका आधारमा भएको दावी गर्नुभयो ।

    नेकपामा अहिले देखिएको विवादप्रति लक्षित गर्दै उहाँले नीति नियमभन्दा पनि दुई अध्यक्ष बनाएर उनीहरुलाई जिम्मा लगाएपछि यस्तै हुने टिप्पणी गर्नुभयो ।

    उहाँले नेकपा भित्र विचारको, सिद्धान्तको, राष्ट्रिय चासो र चिन्ताको विषयमा नभई पद र प्रतिष्ठाको मात्रै लडाई भइरहेको दावी गर्नुभयो ।
    राजनीति सेवाका लागिभन्दा कमाउनका लागि भएपछि भ्रष्टाचार हुनु स्वभाविक भएको बताउदै उहाँले सिंहदरबारको अधिकार गाउँमा भन्नेहरुले अधिकार भन्दा धेरै भ्रष्टाचार लगेको आरोप लगाउनुभयो ।


    आइतवार, श्रावण ४ २०७७१०:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij