Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘हाम्रा नेताले हरेक दिन अप्रिल फूल मनाइरहेका छन्’

‘हाम्रा नेताले हरेक दिन अप्रिल फूल मनाइरहेका छन्’

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.1K
    SHARES

  • ‘हाम्रा नेताले हरेक दिन अप्रिल फूल मनाइरहेका छन्’

    काठमाडौं । आज अप्रिल फूल अर्थात ढाँटेर अरुलाई मूर्ख बनाउने दिन । यो दिवस विशेषगरी पश्चिमा तथा गोरा बाहुल्य देशमा मनाइन्छ । सञ्चारको विकाससँगै यो दिवस विश्वव्यापी बन्दै गइरहेको छ ।

    आज नेपालमा पनि कतिपयले अप्रिल फूल मनाइरहेका छन् । कतिले सामाजिक सञ्जालमा झुटा खबरहरु पोस्ट गरिहेका छन् ।

    यसैबीच, कलाकार दीपकराज गिरीले पनि अप्रिल फूललाई स्मरण गरेका छन् । उनको अप्रिल फूल भने नेताहरुप्रति लक्षित छ । उनले नेपाली नेताहरुले नेपाली जनतालाई हरेक दिन जसो अप्रिल फूल बनाइरहेको कारणले यो दिवस नेपालमा मनाइरहन आवश्यक नभएको तर्क गरेका छन् ।

    ‘आज अप्रिल फस्ट, अरूलाइ मूर्ख बनाउने दिन । गोराहरूका लागि हो यो, हाम्रो लागि होइन’, उनले फेसबुकमा लेखेका छन्, ‘हामी नेपालीलाई त हरेक दिन हाम्रा नेता र पार्टीहरूले अप्रिल फूल बनाइरहेकै छन् नि !’

    Capture.PNG


    बिहिवार, चैत्र १९ २०७७१२:५४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij