Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
अदालतको फैसलाविरुद्ध पुनरावलोकन :

प्रचण्डको पुनरावलोकन निवेदनको निस्साबारे आज निर्णय हुने

प्रचण्डको पुनरावलोकन निवेदनको निस्साबारे आज निर्णय हुने

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.2K
    SHARES

  • प्रचण्डको पुनरावलोकन निवेदनको निस्साबारे आज निर्णय हुने

    काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे अदालतले बिहीबार (आज) निर्णय गर्ने भएको छ ।

    सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिनुभएको थियो ।

    एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।

    सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।


    बिहिवार, चैत्र १९ २०७७०९:४८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij