Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मंसिरमा महाधिवेशन गर्ने प्रस्तावप्रति नेकपाका कार्यकर्ताकै अविश्वास, किमार्थ असंभव र काइते प्रस्ताव भएको टिप्पणी

मंसिरमा महाधिवेशन गर्ने प्रस्तावप्रति नेकपाका कार्यकर्ताकै अविश्वास, किमार्थ असंभव र काइते प्रस्ताव भएको टिप्पणी

  • आइतवार, श्रावण ४ २०७७

  • 823
    SHARES

  • मंसिरमा महाधिवेशन गर्ने प्रस्तावप्रति नेकपाका कार्यकर्ताकै अविश्वास, किमार्थ असंभव र काइते प्रस्ताव भएको टिप्पणी

    काठमाडौं । नेकपाको महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्तावप्रति धेरै नेता कार्यकर्ताहरुले अविश्वास व्यक्त गरेका छन् । उनीहरुले बाँकी पाँच महिनामा महाधिवेशन असंभव रहेको र अहिलेको विवाद पछाडी सार्ने षड्यन्त्रको रुपमा मात्रै आएको टिप्पणी गरेका छन् ।

    मंसिरमा महाधिवेशन किमार्थ संभव नरहेको र यो प्रस्ताव काइते प्रस्ताव रहेको पार्टीका युवा नेता जगन्नाथ खतिवडाले बताउनु भएको छ ।
    एक बर्षमा केन्द्रिय कमिटि बैठक राख्न नसक्नेले पाँच महिनामा पार्टीको महाधिवेशन नै गर्छु भन्नु हास्यास्प्रद भएको उहाँको टिप्पणी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता खतिवडाले एकिकरणको आधारभूत काम नै पुरा नभएको अवस्थामा महाधिवेशन कसरी हुन्छ भनेर प्रश्न गर्नुभयो ।

    उहाँले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै भन्नुभयो, “पार्टी एकिकरणका बेलामा १५ दिनमा गर्ने भनेका काम तीन बर्षमा पनि नसक्नेहरुले पाँच महिनामा महाधिवेशन गर्छु भनेर पत्याउन सकिदैन ।”नेता खतिवडाले पाँच महिनामा पार्टीको महाधिवेशन हैन कार्यकर्ता भेला मात्रै गरेर देखाउन चुनौती पनि दिनुभयो ।

    उहाँले पदमा भएपछि जे गरेपनि हुन्छ, जे भनेपनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भएर नेताहरुले अर्को षड्यन्त्र स्वरुप महाधिवेशनको विषयलाई ल्याएको आरोप लगाउनुभयो ।

    नेताहरुले राजनीति भनेकै षड्यन्त्र हो र षड्यन्त्र गर्नेहरु नै सफल हुन्छन भन्ने देखाउन खोजेको टिप्पणी पनि नेता खतिवडाले गर्नुभयो ।
    बैठकबाट भाग्ने गरेका अध्यक्ष ओलीलाई बैठकमा ल्याउनका लागि बाहेक यो प्रस्तावको कुनै तुक र उपयोगीता नरहेको उहाँको भनाई छ ।

    मंसिरमा महाधिवेशन गर्ने भनेर प्रस्ताव गर्नेले गर्नका लागि नगरेको र समर्थन गर्नेले पनि हुन्छ भनेर समर्थन नगरेको नेता खतिवडाले दावी गर्नुभयो ।

    नेकपा पद्धतीबाट भन्दा पनि व्यक्तिवादी भएर चल्नु नै सवैभन्दा ठुलो समस्या रहेको बताउदै माक्र्सवादीहरुले पद्धतीलाई अप्नाउने र भगवानवादीहरुले कुनै व्यक्तिले जे भन्छ त्यसैलाई नै मान्ने भएकाले नेकपा मक्र्सवादी नभई भगवानवादी हुन थालेको बताउनुभयो ।


    आइतवार, श्रावण ४ २०७७०९:४९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij