Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

छलफलका लागि ओली पक्षका नेताहरु प्रचण्ड निवास खुमलटारमा

छलफलका लागि ओली पक्षका नेताहरु प्रचण्ड निवास खुमलटारमा

  • बिहिवार, आषाढ १८ २०७७

  • 1.1K
    SHARES

  • छलफलका लागि ओली पक्षका नेताहरु प्रचण्ड निवास खुमलटारमा

    काठमाडौँ । स्थायी कमिटी बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेका छन् । केहि प्रभावशाली नेताहरु पनि जाने क्रम जारी रहेको बताइएको छ ।

    सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेकपाभित्र विवाद बढ्दै जाँदा स्थायी कमिटी बैठक बाहिर छलफल र भेलाका लागि नेताहरु जुटिरहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षका नेताहरूलाई खुमलटार बोलाएर अहिले परामर्श सुरु गरेको बताइएको छ ।

    आज बिहानै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेता खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरु भने जाने क्रम जारी रहेको बताइउको छ ।

    प्रचण्डले हिजो माधव नेपाल र आफूनिकट स्थायी कमिटी सदस्य बोलाएर छलफल गर्नुभएको थियो । पार्टी एकताको बचाउका लागि विभिन्न विषयमा छलफल भएको र ओलीलाई सच्याउनेसम्मको विकल्पबारे कुरा उठेको नेताहरुको भनाई छ ।


    बिहिवार, आषाढ १८ २०७७०८:५१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij