Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकार र थारु संगठनबीच पहिलो चरणको वार्ता सकियो

सरकार र थारु संगठनबीच पहिलो चरणको वार्ता सकियो

  • मंगलवार, चैत्र १७ २०७७

  • 736
    SHARES

  • सरकार र थारु संगठनबीच पहिलो चरणको वार्ता सकियो

    काठमाडौं । आन्दोलनरत विभिन्न थारु संगठन र सरकारबीच आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

    विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता भएको हो ।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य छन् ।

    त्यस्तै, थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य रहनुभएको छ ।

    टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

     


    मंगलवार, चैत्र १७ २०७७०३:२५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij