Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नवीन्द्रराज जोशीको अन्त्येष्टि

नवीन्द्रराज जोशीको अन्त्येष्टि

  • शनिवार, चैत्र १४ २०७७

  • 632
    SHARES

  • नवीन्द्रराज जोशीको अन्त्येष्टि

    काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण गएराति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका जोशीको पशुपति आर्यघाटमा केहिबेर अगाडि अन्त्येष्टि गरिएको हो ।

    स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका दाजु राजुराज जोशी र भतिज सौरभ जोशीले दागवत्ती दिएका थिए । अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उहाँको निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

    सानेपामा जोशीको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

    स्वर्गीय जोशीको शवलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।

    २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए ।

    राजनीतिलाई सधैं जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।

    २०७३ सालमा उद्योगमन्त्री बन्नुभएका नेता जोशी नेपाली कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बन्नुभएको थियो । स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।


    शनिवार, चैत्र १४ २०७७०८:१९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij