Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

जोशीको सम्मानमा कांग्रेसले देशभरका कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने (कार्यक्रम सूचिसहित)

जोशीको सम्मानमा कांग्रेसले देशभरका कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने (कार्यक्रम सूचिसहित)

  • शनिवार, चैत्र १४ २०७७

  • 524
    SHARES

  • जोशीको सम्मानमा कांग्रेसले देशभरका कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने (कार्यक्रम सूचिसहित)

    काठमाडौं । शुक्रबार निधन हुनुभएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको सम्मानमा नेपाली कांग्रेसले देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस नोट जारी गर्दै यस्तो जानकारी दिनुभएको हो ।

    जोशीको पार्थिव शरीरलाई शवयात्रापछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
    झण्डै एक महिनादेखि उपचार गराइरहनु भएका जोशीको काठमाडौंसिथ्त नर्भिक अस्पतालमा शुक्रबार बेलुका साढे ८ बजे निधन भएको हो ।

    स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्न कांगे्रेसले यस्ता कार्यक्रम निर्धारण गरेको छ :

    (क) २०७७ चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने । उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने । २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने ।

    (ख) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका
    राख्ने ।

    (ग) उहाँको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने ।

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव


    शनिवार, चैत्र १४ २०७७०२:१८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij